नीति तथा कार्यक्रम गफको पुलिन्दा: काँग्रेस नेता डा. प्रकाश शरण महत (भिडियो सहित)  « Nagarik Khabar

नीति तथा कार्यक्रम गफको पुलिन्दा: काँग्रेस नेता डा. प्रकाश शरण महत (भिडियो सहित) 



काठमाडौं । सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रम गफको पुलिन्दा हो । शुरुमा नै राष्ट्रपति जी ले मेरो सरकार भनेर शुरुवात गर्नुभयो । अब यो राजतन्त्रको झझल्कोलाई समेत बिर्साउने खालको छ । सरकारका क्रियाकलापले यसअघिनै यस्तो देखिएको थियो ।


अहिले जुन नीति तथा कार्यक्रम भनेर आएको छ, यसमा कल्पनाले भ्याएसम्म सबै कुरा हालिएको छ । एकजना बिरामीलाई हेलिकप्टरबाट उद्दार गरेर ल्याएको कुरा समेत नीति तथा कार्यक्रममा परेको छ । वास्तवमा यस्तो खाले विषय आएको यो पहिलो पटक होला । समग्रमा देशमा कति अस्वस्थ नागरिक छन् ती सबैको समस्यालाई समाधानमा केन्द्रीत हुनु पर्थ्यो । एक जना बिरामीको उद्दारलाई हामीले यसो गर्यौै भनिएको छ । 
निर्वाचनका बेलामा उहाँहरुले सत्तारुढ दलका शीर्ष नेताले आश्वासन र सपनाको पुलिन्दा बाँड्नुभयो । नेपाली जनताले १३/१४ महिना भइसक्दाखेरि जुन जनताले अनुभव गरिसकेका छन् की उहाँहरुले बाँडेका कुरा पुरा भएनन् । ती आश्वासनहरु फोस्रो रहेछ, झुटो रहेछ र त्यसको ठीक उल्टो बाटोमा देश गइरहेछ भन्ने जनताले बुझिसक्या छन् ।
आम नागरिक सरकारको कामबाट असन्तुष्ट छन् । त्यो बुझेर सरकारले आत्मालोचना गर्नु पर्ने थियो । सच्चाउँछौं भनेर अगाडी बढ्नु पर्नेमा फेरि पनि सरकारले ठूलो गल्ती गरेको छ । घोषणा गरिएका कुरा पुरा गर्नका लागि आधारहरु केही पनि छैनन् ।
शुशासन दिने, भ्रष्टाचारबाट पुरै मुक्त गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । तर संस्थागत भ्रष्टाचार मुल स्रोतनै सरकार भन्ने कुरा बिर्सिएको छ । सरकारको कुरा कसैले पनि पत्याउने अवस्था छैन् । समृद्धि सिर्जना गर्ने र सुखी नेपाली बनाउने यो नारा दिनुभएको छ त्यो कुरालाई दोहोर्‍याइएको छ । तर उहाँहरुले नीतिमा के भन्नुभएको छैन भनेदेखि कसरी संवृद्धि सिर्जना हुन्छ ? त्यो नै उहाँहरुलाई थाहा छैन ।
देशमा आर्थिक समृद्धि सिर्जना गर्नको निम्ति पहिलो शर्त हो लगानी बिस्तार हुनुपर्छ । लगानी घटिरहेको छ । अब कसरी उहाँहरुले लगानी बढाउनुहुन्छ ? भन्ने कुनै तर्क संगत कुराहरु उहाँले गर्नुभएको छैन । लगानी वृद्धि नभैकन उद्योग कसरी बढ्छ ?
उद्योग वृद्धि नभएको अवस्थामा कसरी रोजगारी सिर्जना हुन्छ ? रोजगारी यति पुर्‍याउँछौं भन्नु भएको छ । अनि त्यो लगानी नबढी, उद्योग व्यवसाय नबढीकन कसरी राजस्व कसरी बढ्छ ? आम्दानीनै नभैकन बजेट कसरी ठूलो हुन्छ ? बजेट नभएपछि कसरी काम गर्नु हुन्छ ?
रेल पनि ल्याउनु भनिउको छ । पानी जहाज पनि ल्याउछु, सडक पनि यस्तो गछौं भनिएको छ । कुन पैसाले गर्नु हुन्छ ? त्यसकारण नीति भनेको त यो–यो, यसो गरेर यो कार्यक्रम हामी सम्पन्न गर्छौं भन्नु पर्‍यो नी । कार्यक्रममा खेतबारीको काल्लामा समेत फलफुल फलाउने समेत भनिएको छ । खुद्रा कुरादेखि ठूला कुरासम्म भनिएको छ ।
घोषणा गरेका कुरा प्राप्त गर्नका लागि पूर्व शर्त के हुन सक्छन ? भन्ने कुरा उहाँहरुले गर्नु भएको छैन । सारा हत्या, हिंसा समाप्त भयो शान्ति सुरक्षा, शान्ति नै शान्ति भनेर भन्दै हुनुहुन्छ । तर अहिलेसम्म निर्मला पन्तको जुन जघन्य हत्या र बलात्कार भयो । जसले छानबिन गर्ने हो उसैले प्रमाणहरु नष्ट गर्‍यो । त्यसको उत्तर सरकारले दिन सकेको छैन । देशमा बलात्कार, हत्या, हिंसाका घटनाहरु बढ्या बढ्यै छन् ।
सरकारले देशमा अमन चैन, हिंसा रहित, द्वन्द्वरहित, अपराध रहित समाज सिर्जना हुन्छ भनेको छ । कसरी पत्याउने ? त्यसैले उहाँहरुले पहिले जसरी सपना बाड्नु भएको थियो । त्यसैको आधारमा नीति तथा कार्यक्रम ल्याउनु भएको छ ।
सरकारले यो काम हामीले गर्न सकेनौं, अब यसरी गछौं भन्नु पर्छ । सरकारले ठूल्ठूला कुरा गरेको छ । सन् २०२१ मा यस्तो खालको इकोनोमीमा पुर्‍याउँछौं भनिएको छ । सरकारले उडन्ते कुरामा ध्यान दियो । बिना आधार, बिना तथ्याङ्क, बिना तर्क सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
अहिलेको नीति तथा कार्यक्रममा बिश्वास गर्नुपर्ने कुनै आधार छैन । सबै चिज हुन्छ भन्या छ, यो नहोस भन्ने हाम्रो कुनै कामना छैन् । सडक बनोस, बेरोजगारी अन्त्य होस, समृद्धि होस्,नेपालीहरु सुखी होऊन, रोजगारी नै रोजगारी मिलोस, रेलै रेल बनुन् भन्ने कुरा कसले नराम्रो भन्छ ? तर ति कुराहरु कसरी प्राप्त गर्नुहुन्छ त्यो पो उहाँहरुले उत्तर दिनु पर्‍यो ।
सरकार एउटा अधिनायकवादी सोचबाट अगाडी बढी रहेको छ । लगानी वृद्धिका लागि के चाहिन्छ ? पहिलो कुरो त यो देशमा कानुनी शासन छ । कानुन छ, नियम छ, त्यसलाई म चाँहि पालना गरेर हिँडे भने मैले चाँहि चिन्ता गर्नु पर्दैन, शान्ति शुरक्षापनि हुन्छ । अब यहाँ त उहाँहरुको व्यक्तिगत घरघरमा सेवा र सर्त पुरा गर्नुपर्छ । लगानीका लागि सरकारले व्यक्तिगत सर्त पुरा गर्न लगाउँछ भने कसरी लगानी आउँछ ? त्यसैले सरकारको नीति तथा कार्यक्रम गफको पुलिन्दा बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: