आज पनि सन्दीप ‘प्लेइङ ११’मा परेनन् « Nagarik Khabar

आज पनि सन्दीप ‘प्लेइङ ११’मा परेनन्



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा दिल्ली क्यापिटल्सले नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेलाई टोली बाहिरै राखेको छ ।

सन्दीपलाई दिल्लीले अघिल्लो खेलमा पनि अवसर दिएको थिएन । गत अप्रिल २८ मा रोयल च्यालेञ्जर्स बेङ्लोरविरुद्व खेलेका सन्दीप त्यस यता दिल्लीको प्लेइङ ११ पर्न सकेका छैनन् । बेङ्लोरविरुद्व सन्दीपले तीन ओभरमा बिना विकेट ३६ रन खर्चिएका थिए । त्यस पछि दिल्लीले सन्दीपलाई चेन्नाइविरुद्व भएको खेलमा पनि टोलीमा समावेश गरेन ।

यस अघि नै प्लेअफ चरणमा पुगिसकेको दिल्लीले अघिल्लो खेलमा खेलेका जगदिश सुचिथ र क्रिस मोरिसको स्थानमा किमो पउल र इशान्त शर्मालाई अवसर दिएको छ । दिल्लीको आफ्नै मैदानमा सुरु भएको खेलमा राजस्थान रोयल्सले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: