राष्ट्रप्रमुखले मेरो सरकार भन्नु स्वभाविकै हो : प्रधानमन्त्री ओली « Nagarik Khabar

राष्ट्रप्रमुखले मेरो सरकार भन्नु स्वभाविकै हो : प्रधानमन्त्री ओली



 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथाक कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्नु आपत्तिजनक नभएको बताएका छन् ।

शुक्रबार राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा मेरो सरकार भनी सम्बोधन गरेकामा सत्तारुढ दलभित्र र प्रमुख प्रतिपक्षले विरोध गरेपछि त्यसबारे प्रधानमन्त्री ओलीले प्रष्टीकरण दिएका हुन् ।

नयाँबानेश्वस्थित संघीय संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रप्रमुखले सरकारलाई मेरो सरकार भन्ने अन्तर्राष्ट्रिय प्रचलन नै रहेको भन्दै राष्ट्रपतिको बचाउन गरे ।

‘राष्ट्रपति सर्वोच्च पद भएकाल सरकार भन्दा पृथक राष्ट्रपति हुँदैन,’ उनले भने, ‘राज्यको सबभन्दा माथिल्लो तह राष्ट्रपति भएकाले देशलाई आफ्नो भन्नु स्वभाविक हो ।’

यस्तै, उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएका छन् । प्रतिपक्षी दलले दर्ता गराएको संशोधनमध्ये प्रधानमन्त्रीले स्वीकारेको बाहेकको विषयको विपक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने विषय आवश्यकतामा आधारित भएर टिपाउन सांसदलाई निर्देशन दिए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: