पेट्रोलियम पदार्थको मूल्य वृद्धिको सत्तारुढ दलकै विद्यार्थी संगठनबाट विरोध « Nagarik Khabar

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको सत्तारुढ दलकै विद्यार्थी संगठनबाट विरोध



काठमाडौं । सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गरेको छ । उनीहरूले सरकारले निर्णय फिर्ता नलिए आन्दोलनको चेतावनी समेत दिएका छन् ।

तत्कालीन नेकता एमाले अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरेका हुन् । अनेरास्ववियुका कार्यवहाक अध्यक्ष रश्मी आचार्य र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियन पदार्थको मूत्य वृद्धिको असर अन्य दैनिक उपभोग्य वस्तुमा समेत पर्ने हुँदा तत्कालै मूल्य वृद्धिको निर्णय फिर्ता लिन आग्रह गर्दछौं ।’

दुई विद्यार्थी संगठनले नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा नेपालमा पनि तत्काल मूल्य वृद्धि गर्ने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा नघटाउने गर्दा उपभोक्ता मारमा पर्ने गरेको दाबी गरेको छ । साथै, उनीहरूले निगमभित्र रहेका भ्रष्टाचार, कमिसन र चुहावटलाई नियन्त्रण गरेर जनतालाई सहुलियतमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गरेका छन् ।

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुँदा नेपालमा तुरुन्त बढाउने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा नघटाउने गलत अभ्यास देखा परेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले गर्दा जनता मारमा पर्ने गरेका छन् । त्यसैले निगमभित्रको भ्रष्टाचार, कमिसन र चुहावटलाई बन्द गरी तत्काल मूल्य वृद्धिको निर्णय फिर्ता गरेर जनतालाई सहुलियतमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन आग्रह गर्दछौं ।’

उनीहरूले विद्यार्थीहरूलाई पेट्रोलियम पदार्थमा सहुलियत दिने तथा सर्वसाधारण र व्यवसायिक प्रयोजनका लागि प्रयोग गरिने एलपी ग्यासको सिलिन्डर फरक÷फरक बनाउन निगमले आफूहरूसँग गरेको सहमति पनि चाढोभन्दा चाढो लागू गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: