प्रचण्डलाई आडैमा राखेर प्रधानमन्त्रीले भने, ‘नोवेल शान्ति पुरस्कार नेपालीले पाउनुपर्छ’ (भिडियोसहित ) « Nagarik Khabar

प्रचण्डलाई आडैमा राखेर प्रधानमन्त्रीले भने, ‘नोवेल शान्ति पुरस्कार नेपालीले पाउनुपर्छ’ (भिडियोसहित )



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल शान्ति पुरस्कार नेपालीले पाउनु पर्नेमा जोड दिएका छन् । शनिवार काठमाडौंमा नेपाली चेली बन्दना नेपाललाई गिनिज बुक्स अफ वल्र्ड रेकर्डस्ले उपलव्ध गराएको प्रमाणपत्र हस्तान्त्रण गर्दै  प्रधानमन्त्री ओलीले नोवेल शान्ति पुरस्कार नेपालीले पाउनु पर्ने बताएका हुन् ।

प्रचण्ड तर्फ संकेत गर्दै ओलीले भने ‘सिंगो नेपालले अब रेकर्ड तोड्दै जानेछ । साहित्यको नोवेल पुरस्कार मात्र होइन, शान्ति प्रकृया टुंगाएकाले नोवेल शान्ति पुरस्कार, लोकतन्त्र प्राप्तको नोवेल पुरस्कार समेत नेपालीलाई दिनुपर्छ ।’ 

नेपाल बिस्तारै नयाँ युगमा प्रवेश गरेको भन्दै प्रधानमन्त्रीले बिस्तारै हामीले परिणाम प्राप्त गर्ने बताएका छन् । सिंगो नेपालले रेकर्ड तोड्दै जानुपर्नेमा उनले जोड दिए । पहिलेको अशिक्षित नेपाल नभएर अब विद्वान नेपाल भैसकेको प्रधानमन्त्रीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: