आइभन र प्रेरणा च्याम्पियन « Nagarik Khabar

आइभन र प्रेरणा च्याम्पियन



काठमाडौं । आइभन हो लिसानेविच र प्रेरणा कोइराला सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । आइभन पुरुष र प्रेरणा महिलातर्फ च्याम्पियन बनेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा शनिबार भएको पुरुष एकलतर्फको फाइनल खेलमा प्रदीप खड्कालाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै आइभनले उपाधि जितेका हुन् । यस्तै महिला एकलतर्फको उपाधिका लागि भने प्रेरणाले फाइनलमा आइभनकी दिदी अश्लेषालाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरिन् ।

एक वर्षको अवधिमा प्रेरणाले लगातार जितेको यो छैटौं उपाधि हो । प्रेरणाले गत बैशाखमा यही प्रतियोगिताको उपाधि जितेकी थिइन् । त्यसपछि उनले ललितपुर ओपन, बुटवल ओपन र एपीएफ ओपनसँगै आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जितेकी थिइन् ।
पुरुष र महिला दुवैतर्फको विजेता खेलाडीले समान ५० हजार प्राप्त गरे । उपविजेता खेलाडीले २५ हजार प्राप्त गरे । मिक्स युगलतर्फ अश्लेषा र आइभनको दिदीभाइ जोडी पहिलो भए । उनीहरूले फाइनलमा सन्तोष खत्री र गंगा शर्माको जोडीलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: