काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले थाइल्याण्डका नरेशका रुपमा महाभाजिरलङकोर्न बोदिन्द्रदेवायवरङकुनको राज्याभिषेक भएकामा बधाइ ज्ञापन गरेकी छन् ।
राष्ट्रपति भण्डारीले थाई नरेशलाई शनिबार एक बधाइ सन्देश पठाउँदै उनको दूरदृष्टियुक्त मार्गनिर्देश एवम् नेतृत्वमा थाइल्याण्ड अधिराज्यले अझ प्रगति र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेकी छन् ।
सन्देशमा राष्ट्रपतिले नेपाल र थाइल्याण्डबीच विद्यमान समधुर सम्बन्ध थाई नरेशको शासनकालमा थप सुदृढ हुने बताएकी छन् । उनले थाई नरेशको सुख, सुस्वास्थ्यका साथै थाइल्याण्डका मित्रवत् जनताको समृद्धिको कामना गरेकी छन् ।