काली गण्डकीमा डुबेर मृत्यु « Nagarik Khabar

काली गण्डकीमा डुबेर मृत्यु



बझाङ । कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर निस्दी गाउँपालिका–१ भोटाहाका १३ वर्षीय विक्रम रानाको मृत्यु भएको छ ।

शनिबार मध्याह्न साथीसँगै पुट्टारघाटनजिकै कालीगण्डकीमा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भुपालसिं रानाले जानकारी दिए ।

उनको शवलाई परीक्षणका लागि रामपुर अस्पतालमा ल्याइएको छ । राना घरदेखि पाँच समय मिटर तल रहेको कालीगण्डकीमा पौडी खेल्न साथीसँग गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: