आगलागी हुँदा पाँच लाख रुपैयाँभन्दा बढीको क्षति « Nagarik Khabar

आगलागी हुँदा पाँच लाख रुपैयाँभन्दा बढीको क्षति



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका नैनसिंह साउदको गोठमा शनिबार अपराह्न आगलागी हुँदा पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

आगो गोठमा सल्किँदा पानी तान्न प्रयोग हुने ५० हजार रुपैयाँभन्दा बढी मूल्यको डिजेल पम्पसेट, ३० हजार रुपैयाँ पर्ने गोरुगाडा, काठलगायत गरी पाँच लाख रुपैयाँको क्षति भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

साउदकै छिकेकीले गहुँको ठुटा बाल्नका लागि लगाइएको आगो हावाको बेगसँगै गोठमा सल्किएको हो । गोठ पूरै जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा आगलागीमाथि नियन्त्रण गरिएको छ । आगलागी नियन्त्रण गर्न ढिलो भएको भए पूरै बस्ती जलेर स्वाहा हुन्थ्यो प्रहरी निरीक्षक अबस्थीले भने , ‘सबैको सहयोगमा ठूलो क्षति हुनबाट जोगाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: