सिंहदरबार र बालुवाटार तिम्रो बाजेको सम्पत्ति होइन: नायिका रेखा थापा (भिडियो सहित) « Nagarik Khabar

सिंहदरबार र बालुवाटार तिम्रो बाजेको सम्पत्ति होइन: नायिका रेखा थापा (भिडियो सहित)



काठमाडौं । नायिका रेखा थापाले सरकार विरोधी आन्दोलन शुरु भएको घोषणा गरेकी छन् । नागरिकता वितरण, भ्रष्टाचार, बेथिति र लुटतन्त्रको विरोधमा नेपालका लागि नेपालीद्धारा आयोजित कार्यक्रमलाई बानेश्वरमा सम्बोधन गर्दै अभिनेत्री तथा निर्माता थापाले सरकार विरोधी आन्दोलन शुरु भएको बताईन । उनले भनिन् “अब नेपाली जनताले डराएर, त्रसित भएर, भयभित भएर र मूकदर्शक भएर सत्तामा बस्नेहरुले जे जे गर्छन् त्यो बसेर हेर्ने हो भने मेरो चलचित्रको डाइलग छ ‘डरको आँखामा यसरी आँखा जुधाएर हेर ताकि डर पनि तिमीसँग डराउन थालोस्।’ अर्को पनि डाइलग छ, ‘यो देश,यो सत्ता,यो सिँहदरबार, यो बालुवाटार तिमीहरुको बाउ बाजेको सम्पत्ति होइन। हाम्रो हो।’
आफू नागरिकको हैसियतमा सडकमा आएको बताउँदैं उनले लुटतन्त्र हटाएरै छाड्ने बताईन । उनले भनिन् “अब युवा जागिसकेको छ, हातमा कलम र कपि लिएर घोकन्ते विद्यामा लिप्त नहुनुस, देश बेचिसकेका छन् यी देशका दलालहरुले। यो मेरो प्रतिबद्धता हो। यो देशको छोरी र नागरिक हुनुको हैसियतले मैले देशको र जुन यो देशका नागरिकले मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु भएको छ त्यसको ऋण तिर्ने बेला आएको छ।”

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: