सरकारलाई डा. केसीको प्रश्न, ‘भारतको राष्ट्रपतिले जस्तै नेपालको राष्ट्रपतिले किन बोल्नुपर्ने ?’ (भिडियोसहित) « Nagarik Khabar

सरकारलाई डा. केसीको प्रश्न, ‘भारतको राष्ट्रपतिले जस्तै नेपालको राष्ट्रपतिले किन बोल्नुपर्ने ?’ (भिडियोसहित)



काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकार र जनप्रतिनिधिहरु नागरिकको समस्यामाथि बोल्न छाडेकाले अब आफ्नो समस्याबारे आफैं बोल्न आह्वान गरेका छन् ।

नागरिकता वितरण, भ्रष्टाचार, बेथिति र लुटतन्त्रको विरोधमा नेपालका लागि नेपालीद्वारा शनिबार नयाँबानेश्वरमा आयोजित कार्यक्रममा डा. केसीले हाम्रा सरकारले प्रतिनिधिले बोल्दैन भने अब आफैंले बोल्नुपर्ने दिन आएको बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनका क्रममा ‘मेरो सरकार’ शब्दवाली प्रयोग भएको विरोध भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई अन्तर्राष्ट्रिय अभ्यास भन्दै बचाउ गरेको थिए । यसबारे डा. केसीले भने, ‘भारतको राष्ट्रपतिले बोलेको जस्तै नेपालको राष्ट्रपतिले किन बोल्नुपर्ने ?’

उनले नेपालमा न्यायको मुहान नै अवरुद्ध भएको टिप्पणी गरेका छन् । निर्मला पन्तको अपराधीमाथि कारवाही गर्न कारवाही गर्ने मान्छे नै त्यहाँ नपुगेको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले प्रहरी प्रमुखलाई किन कारवाही भएन भनी सोध्न सक्दैनन्,’ डा. केसीले प्रश्न गरे, ‘निर्मला बलात्कारीलाई कारवाही गर्नुपर्छ भन्दा सत्तारुढ दलका सांसदहरुले यो कम्युनिष्ट पार्टीलाई बद्नाम गराउन षड्यन्त्र गरेको हो भने । के तिमीलाई बलात्कार गर्यो भने मात्र बलात्कार हुन्छ ?’ उनले सामाजिक न्यायामा तेरो मेरो भन्ने नहुने प्रष्ट्याए ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: