त्यो विवादास्पद आदेश : जसले खोला नै व्यक्तिको बनाइदियो « Nagarik Khabar

त्यो विवादास्पद आदेश : जसले खोला नै व्यक्तिको बनाइदियो



काठमाडौं । भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि-१६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको समाचार आजको कान्तिपुर दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँ बायाँको १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा ललितपुर, इमाडोलका ज्ञानबहादुर थापाका नाममा छुट दर्ता गरिदिन भूमिसुधार कार्यालय भक्तपुरलाई आदेश दिएका हुन् ।

नापीको नक्सा र मालपोतको स्रेस्तामा कित्ता नं. ४२४ को उक्त जग्गा ‘खोलो र सरकारी’ उल्लेख छ ।

समाचारमा लेखिएको छ, आजादले २०२१ सालको नापीदेखि फिल्डबुकमा नेपाल सरकारका नाममा दर्ता कायम भएको र २०५३ सालसम्म कसैले आफ्नो हो भन्ने दाबी नगरेको जग्गा ठोस प्रमाण र आधारबिनै व्यक्तिको नाममा छुट दर्ता गर्न आदेश दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: