दुर्व्यवहारको विरोधमा आन्दोलनमा उत्रिए उपप्रमुखहरु « Nagarik Khabar

दुर्व्यवहारको विरोधमा आन्दोलनमा उत्रिए उपप्रमुखहरु



रौतहट । यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साहमाथि अध्यक्ष श्रीप्रसाद मुखियाले दुर्व्यवहार गरेको विषयलाई लिएर जिल्लाभरिका स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष आन्दोलित भएको समाचार आजको कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ ।

स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थासम्बन्धी आदेशले दिएको अधिकार प्रयोग गर्नबाट वञ्चित हुनुपरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उपप्रमुख/उपाध्यक्षहरुले अधिकार माग्दा पालिका प्रमुख/अध्यक्षबाट दुर्व्यवहार हुने गरेको गुनासो गरेका छन् ।

समाचारमा लेखिएको छ, अध्यक्षहरुको एकलौटीपन सह्य नभएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: