सेनाका जवान र अधिकृतको प्रमाणपत्र छानबिनमा « Nagarik Khabar

सेनाका जवान र अधिकृतको प्रमाणपत्र छानबिनमा



काठमाडौं । नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको समाचार आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा छापिएको छ । अहिले परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीमा जवान र अधिकृतको एसएलसी एसईई प्रमाणपत्र छानबिन भइरहेको छ।

यसपछि सैन्य कर्मचारीको एसईईभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने तयारी जंगीअड्डाको छ। छानबिनका लागि जंगीअड्डाबाट प्रमाणपत्र आइरहेको पनिकाले जनाएको छ।

पनिकाले एसईई (यसअघि एसएलसी) को प्रमाणपत्र मात्र प्रमाणीकरण गर्छ। जंगीअड्डाबाट प्रमाणपत्र प्रमाणीकरणका लागि अनुरोध पठाएको यो पहिलोपटक हो।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: