चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब खाँदै राष्ट्रिय सभा अध्यक्ष « Nagarik Khabar

चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब खाँदै राष्ट्रिय सभा अध्यक्ष



काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । यो समाचार आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ ।

तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् ।

सचिवालय भन्छ

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले भने घरमा खाना पकाउन तथा अन्य सहयोग गर्न राखिएका कार्यालय सहयोगीको नागरिकता नभएकाले खाता खोल्न नसकिएको जनाएको छ । सवारीचालकसमेत परिवर्तन भइरहने भएकाले बैंक खाता नखोलिएको सचिवालयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: