केन्द्रीय नेतालाई वडा अध्यक्षको झापड « Nagarik Khabar

केन्द्रीय नेतालाई वडा अध्यक्षको झापड



जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय नेता राजकिशोर महतो वडा अध्यक्षबाट कुटिएका छन् ।

प्रदेश २ बाट प्रदेश सांसदको उम्मेदवार बनेका महतो धनुषाको बटेश्वर गाउँपालिका ३ का वडाध्यक्ष हिरालाल महतोबाट कुटिएको प्रत्यक्षदर्शी गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले जानकारी दिए। नेता महतो धनुषा ४ (ख) बाट पछिल्लो चुनावका उम्मेदवार हुन्।

प्रदेश सरकारले गाउँपालिकामा पठाएको ५० लाख अनुदान बजेटको विषयमा भनाभन हुँदा कुटाकुट भएको हो। गाउँमा विकासको लागि प्रदेश सरकारले पठाएको बजेटबाट फोरमका नेता महतो मन्दिर निर्माण गर्ने पक्षमा छन्।

उनले प्रदेश सरकारको योजनामा भनसुन गरेर मन्दिर निर्माणको शीर्षकमा बजेट खर्चिने उल्लेख गराएको गाउँपालिका अध्यक्ष राउतले बताए। ‘स्थानीय सरकारको प्राथमिकताको आधारमा प्रदेश सरकारले बजेट कार्यान्वय गराउनु पर्छ,’ गाउँपालिका अध्यक्ष भन्छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकासित छ । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: