ओलीकै क्षेत्रमा ३ सय विघा जमिन भूमाफियाको कब्जामाः छानवीन गर्न निर्देशन « Nagarik Khabar

ओलीकै क्षेत्रमा ३ सय विघा जमिन भूमाफियाको कब्जामाः छानवीन गर्न निर्देशन



झापा । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित क्षेत्रको साढे ३ सय बिघा जमिन भूमाफियाले आफ्नो नाममा कब्जा गर्न लागेकोमा गृह मन्त्रालयले सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पठाउन जिल्ला प्रशासन कार्यालय झापालाई निर्देशन दिएको छ ।

सशस्त्र प्रहरीको जवान शिक्षालयसहित खर्बाैं रुपैयाँ पर्ने साढे ३ सय बिघा जंगल भएको जमिन भूमाफियाले अदालतलाई प्रभावमा पारेर आफ्नो नाममा जग्गाधनी पुर्जा निकाल्ने अन्तिम तयारी गरिरहेको बेला गृह मन्त्रालयले सो निर्देशन दिएको हो ।
स्रोतका अनुसार, गृहसचिव प्रेमकुमार राईले जग्गा हडप्ने भूमाफियाको प्रयासलाई गम्भीर रूपमा लिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: