किन लुकाए प्रधानमन्त्रीले शिक्षा आयोगको प्रतिवेदन ? « Nagarik Khabar

किन लुकाए प्रधानमन्त्रीले शिक्षा आयोगको प्रतिवेदन ?



काठमाडौँ । सरकारले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा आयोगका अधिकांश सदस्यले असन्तुष्टि जनाएका छन  । प्रधानमन्त्री केपी ओलीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै उनीहरूले हस्ताक्षर संकलन गरेका छन ।

आयोगले गत माघ १ गते प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन सार्वजनिक नगरी शिक्षा ऐन र नीति जारी गर्न खोजिएको भन्दै आयोगका २४ मध्ये १३ सदस्यले हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई बुझाउन लागेका हुन्न । सत्तारूढ दल निकटका सदस्य र केही कर्मचारीबाहेक अन्य सदस्यले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै छन । ‘प्रधानमन्त्रीलाई रिपोर्ट सार्वजनिक गर्नुस् भनेर हस्ताक्षर बुझाउन लागेका हौं,’ आयोग सदस्य श्याम श्रेष्ठले भने, ’अहिलेसम्म कुरेर बस्यौं । अब लुकाएको रिपोर्ट सार्वजनिक बहसमा ल्याऊ भनेर दबाब दिन लागिएको हो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: