प्यालेस्टाइनमा इजरायली सेनाको रकेट आक्रमणः शिशुसहित चारको मृत्यु « Nagarik Khabar

प्यालेस्टाइनमा इजरायली सेनाको रकेट आक्रमणः शिशुसहित चारको मृत्यु



एजेन्सी । इजरायली सेनाले शनिवार राती प्यालेस्टाइन क्षेत्रमा आक्रमण गर्दा १४ महिने शिशुसहित चार जनाको मृत्यु बीबीसीले जनाएको छ । चरमपन्थी समूहले २ सयभन्दा बढी रकेटबाट इजरायली क्षेत्रमा आक्रमण गरेपछि आफूले जवाफी कारबाही गरेको सेनाले जनाएको छ । चरमपन्थी समूहले गरेको आक्रमणबाट तीन जना घाइते भएको सेनाको भनाइ छ ।

अन्र्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार दक्षिण इजरायलमा रकेट आक्रमण हुन थालेपछि खतराको संकेतस्वरुप साइरन बजाइएको थियो । त्यसपछि मानिसहरु लुक्नका लागि सुरक्षित स्थानतिर भागेका थिए ।

इजरायलमा अप्रिलमा भएको चुनावको बेला दुवैतर्फबाट संघर्षविराम भएको थियो । तर, अहिले फेरि तनाव बढेको छ । संयुक्त राष्ट्रसंघले संघर्षविराम लम्बाउने प्रयास गर्दागर्दै तनाव बढेको बीबीसीले जनाएको छ । गजापट्टीको सीमावर्ती इजरायलको क्षेत्रमा शनिबार भएको रकेट आक्रमणबाट धेरै घरहरुमा क्षति पुगेको  बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: