बसभित्र डाक्टरको ब्याग लुटियो « Nagarik Khabar

बसभित्र डाक्टरको ब्याग लुटियो



काठमाडौं । सशस्त्र प्रहरी बलको अस्पतालमा कार्यरत युवती बसभित्रै लुटिएकी छिन् । काठमाडौको गोकर्णेश्वर यातायातबाट लुटिएकी युवती सशस्त्र प्रहरी अस्पतालमा कार्यरत प्रहरी निरीक्षक डा.राज्य खड्का हुन् । ब्याग लुटेर भाग्ने चोर सिसिटीभी व्यामेरामा देखिए पनि प्रहरीले पक्राउ गर्न सकेको छ्रैन ।

प्रहरीका अनुसार बैशाख १४ गते उनी गोकर्णेश्वर यातायातको बसमा साँखु हुँदै रत्नपार्क जाने क्रममा लगभग विहान साढे पाँच बजे बौद्ध टुसालबाट लुटिएकी हुन् । बसभित्रैबाट एक व्यक्तिले डा. खड्काको झोला बोकेर भागेका थिए, जुन सिसी क्यामेरामा प्रष्टै देखिन्छ । खड्काका अनुसार उक्त व्यागभित्र महत्वपूर्ण कागजातसहित ल्यापटप, क्यामरा र हार्ड ड्राइभ थियो । आफू लुटिएपछि उनले बौद्ध प्रहरीमा उजुरी दर्ता गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: