दीपेन्द्र के खनालको निर्देशनमा ‘आमा’ बन्दै, को-को छन् कलाकार ? « Nagarik Khabar

दीपेन्द्र के खनालको निर्देशनमा ‘आमा’ बन्दै, को-को छन् कलाकार ?



काठमाडौं । निर्देशक दीपेन्द्र के खनालले चलचित्र ‘आमा’ बनाउने भएका छन् । सूर्यमाला खनालले चलचित्रमा मूख्य भूमिका निर्वाह गर्ने बताइएको छ ।

चलचित्रको स्क्रिप्ट लगायत केही काम सकिएको निर्देशक खनालले बताएका छन् । अन्य कलाकार र लगानीकर्ताको बारेमा केही दिनपछि जानकारी गराइने उनले बताए ।

नेपाली रजतपटमा यसअघि आमा नाममा दुई चलचित्र निर्माण भइसकेका छन् । नेपालकै पहिलो फिल्म मानिने आमाको निर्देशन हिरासिंह खत्रीले गरेका थिए । त्यस्तै उद्धव पौडेलले निर्माण गरेको चलचित्र आमाको निर्देशन रेसराज आचार्यले गरेका थिए ।

‘द युग देखि युगसम्म’ मार्फत चलचित्र निर्देशनमा प्रवेश गरेका दिपेन्द्रले धर्मा, चपली हाइट, भिजिलान्ते थ्रीडी, झोले, पशुपति प्रसाद, चपली हाइट, चपली हाइट २, लभ लभ लभ, धनपति, चंगाचैट निर्देशन गरिसकेका छन्

मंगलबार चलचित्र आमाको औपचारिक घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: