आज कार्ल मार्क्स जयन्तीः प्रचण्डले सम्बोधन गर्दै « Nagarik Khabar

आज कार्ल मार्क्स जयन्तीः प्रचण्डले सम्बोधन गर्दै



काठमाडौं । कार्ल मार्क्सको २०१ औँ जन्मजयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आजभन्दा २ सय १ वर्षअघि अर्थात् ५ मे, १८१८ मा विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्सको जन्म भएको थियो । सोही दिनको सम्झाना गर्दे आइतबार (आज) काठमाडौंस्थित नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा दिउँसो २ बजे कार्ल मार्क्स २ सय १ औँ द्विशतवार्षिकी मनाइँदै छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, कार्ल मार्क्स द्विशतवार्षिकी समारोह समिति संयोजक घनश्याम भूषाल उपसंयोजक रामकार्की लगायतले सम्बोधन गर्नेछन् ।

विश्वमा सिर्जित समस्याहरू समाधान गर्दै नयाँ संसारको निर्माण गर्न उनको दर्शनशास्त्रको आजपनि उत्तिकै महत्व रहेको जनाउदै नेपालमा पनि उनको जन्मजयन्ती मनाउन लागिएको हो । मार्क्सको २ सय १ औँ जन्मजयन्ती मनाउन र मार्क्सवादलाई मन्थन गर्ने लहर अहिले विश्वभर चलेको छ ।

सन् १८४८ मा २९ वर्षको उमेरमै मार्क्सले फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणा पत्र लेख्नुभयो । यो घोषणा पत्र संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको दस्तावेजमा पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: