संसदमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, ३ दलका ६ संशोधन दर्ता « Nagarik Khabar

संसदमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, ३ दलका ६ संशोधन दर्ता



काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आजबाट छलफल शुरु हुदैछ । संसद सचिवालयले २२ देखि २४ गतेसम्म नीति तथा कार्यक्रमबारे छलफलको समय तालिका तोकेपछि शुरु हुन लागेको हो ।

सरकारका तर्फबाट संघीय संसदमा शुक्रबार पेस भएको वार्षिक नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दलसहित ३ दलका ६ वटा संशोधन दर्ता भएका छन् ।प्रमुख दलका शीर्ष नेताहरुबाट छलफलको प्रारम्भ गर्ने तयारी संसद् सचिवालयको छ। छलफलमा संशोधनकर्ताले प्राथमिकता पाउनेछन्।

सरकारले चालु वर्षको कार्यक्रम समीक्षासहित पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका केन्द्रमा केही नयाँ कार्यक्रम सामेल गरेर शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। नीति तथा कार्यक्रममा पेस गरिएका केही तथ्याङ्क तथा भाषाका विषयलाई लिएर सत्तारुढ दलभित्रै विरोध भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद्हरुलाई कार्यक्रमको समर्थन गर्न निर्देशन दिएका थिए । तर, केही सांसद्हरुले थप केही विषयमा स्पष्ट पार्न भन्दै बोल्न समय मागेपनि पाएका थिएनन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: