जम्मु-काश्मीरमा भाजपा नेताको हत्या « Nagarik Khabar

जम्मु-काश्मीरमा भाजपा नेताको हत्या



एजेन्सी । भारतमा भारतीय जनता पार्टी भाजपा नेता गुल मोहम्मद मीरको गोली हानी हत्या भएको छ । भारत प्रशासित जम्मु काश्मीरको अनन्तनाग जिल्लाका नेताको शनिवार राती अज्ञात समूहको गोली लागेर मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भोली सोमवार भारतका विभिन्न राज्यमा पाचौं चरणको लोकसभा निर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा भाजपा नेताको गोली हानी हत्या भएको हो । भाजपाले घटनाको छानबिन गर्न माग गरेको छ । घरमै हत्या भएका मीरको बिद्रोही समूहले गोली हानी हत्या गरेको अनुमान गरिएको छ । हत्याको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: