हाँसोका कारण मानिसलाई हुने प्रमुख पाँच फाइदा « Nagarik Khabar

हाँसोका कारण मानिसलाई हुने प्रमुख पाँच फाइदा



काठमाडौं । आज (आईतबार) विश्व हाँसो दिवस, संसारभर विभिन्न कार्यक्रमगरी मनाईन्छ । हरेक वर्ष मे महिनाको पहिलो आईतबार यो दिवस मनाईन्छ । हाँसोको माध्यमबाट विश्व शान्तिमा सकरात्मक योगदान र भातृत्वको विश्वव्यापी चेतना फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो ।
हाँसोमा आधारित योगा अभियान चलाईरहेका भारतको मुम्बईका डा. मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस मनाउन थालिएको हो । हाँसोले मानिसलाई शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउन सहयोग पुर्याउँछ ।
चिकित्सकहरुले हाँसोले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउने दावी पनि गरेका छन् । तनावका हर्मोन घटाउने र स्वस्थ रसायन बढाउने काम पनि हाँसोले गर्छ । त्यतिमात्र होइन हाँसोकै कारण तौल घट्ने दावी चिकित्सा क्षेत्रमा काम गर्नेहरुले गरेका छन् ।
हाँसोका फाइदा के-के ?

  • शरीर र दिमागलाई रिल्याक्स बनाएर तनाव हटाउन हाँसोले मद्दत गर्छ । हाँसोपछि झण्डै ४५ मिनेटसम्म मांसपेशी रिल्याक्स हुन्छ । यसले तपाईलाई फ्रेश फिल गराउँछ ।
  • निद्राका लागि पनि हाँसो औषधि जस्तै प्रभावकारी मानिन्छ । रातको सुत्ने बेला खुलेर हाँस्ने मानिसलाई निन्द्रा राम्रोसंग लाग्छ । यसले मस्तिष्कलाई शान्ति मिल्छ । अर्कोदिन काम गर्दा मानिसलाई फ्रेस फिल हुन्छ ।
  • हाँस्ने मानिसको एन्टीबडी बनाउने कोशिकाको संख्या बढ्छ । त्यसले इम्युन सिस्टमलाई बलियो बनाउँछ । त्यसले सामान्य रुघाखोकी लगायतका स्वास्थ्य समस्याबाट बचाउने काम गर्छ ।
  • लामो समयसम्म हाँस्ने व्यक्तिको अनुहारमा चमक आउँछ । मांसपेशीको एक्सरसाइज हुने भएकाले अनुहार लगायत छालामा चमक आउने गर्छ । त्यसैले सर्कुलेसनमा पनि हाँसोले फाइदा पुर्याउँछ ।
  • हाँसोले मुटुरोगको जोखिमलाई पनि कम गराउने दावी चिकित्सकहरुले गरेका छन् । खुलेर हाँस्ने व्यक्तिको ब्लड सर्कुलेशन राम्रो हुन्छ । त्यसैले शरिरका हरेक ठाउँमा अक्सिजन पुग्छ । यसले हार्ट एट्याक जस्ता समस्यालाई रोक्न मद्दत पुर्याउने दावी चिकित्सकहरुले गरेका छन् ।
    विभिन्न एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: