काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा छलफल शुरु भएको छ । संसद सचिवालयले २२ देखि २४ गतेसम्म नीति तथा कार्यक्रमबारे छलफलको समय तालिका तोकेको छ ।
सरकारका तर्फबाट संघीय संसदमा शुक्रबार पेस भएको वार्षिक नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दलसहित ३ दलका ६ वटा संशोधन दर्ता भएका छन् ।
छलफलमा संशोधनकर्ताले प्राथमिकता पाउनेछन् ।