इङ्लिस प्रिमियर लिग – कार्डिफ घटुवामा « Nagarik Khabar

इङ्लिस प्रिमियर लिग – कार्डिफ घटुवामा



लण्डन । कार्डिफ सिटी यो सिजनको इङ्लिस प्रिमियर लिगबाट घटुवा भएको छ । शनिबार भएको खेलमा क्रिस्टल प्यालेससँग ३–२ गोलले पराजित भएसँगै कार्डिफ दोस्रो डिभिजनमा घटुवा भएको हो ।

कार्डिफ गत सिजन मात्रै प्रिमियर लिगमा उक्लिएको थियो । एक सिजन शीर्ष डिभिजनको फुटबल खेलेको कार्डिफ पुनः इङ्ल्यान्डको दोस्रो डिभिजनमा फर्किएको छ । कार्डिफलाई आफ्नो घटुवाबाट बच्न शनिबार कुनै पनि अवस्थामा जित निकाल्न आवश्यक थियो ।

यद्यपि कार्डिफ आफूलाई आवश्यक नतिजा निकाल्न असफल भयो । प्रिमियर लिगबाट फुलहाम र हड्डर्सफिल्ड यस अघि नै घटुवा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: