नीति तथा कार्यक्रम संघीयता विरोधी छ : मिनेन्द्र रिजाल « Nagarik Khabar

नीति तथा कार्यक्रम संघीयता विरोधी छ : मिनेन्द्र रिजाल



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजाले सरकारले संघीयता कमजोर बनाउने नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् । संसदमा विपक्षी दलको तर्फबाट संशोधन प्रस्तावको बारेमा बोल्दै संघीयता बलियो बनाउन सकिएन भने राष्ट्र कमजोर हुने बताए । उनले वर्तमान सरकारले पेश गरेको नीति तथा कार्यक्रममा प्रदेशमा प्रदान गर्नुपर्ने अधिकार पनि संघमै राखेर सरकार केन्द्रीकृत राज्य प्रणालीमै केन्द्रीत हुन खोजेको आरोप लगाए ।

उनले भरोसायोग्य गणतन्त्रको पक्षमा पनि नीति तथा कार्यक्रम नभएको दावी गरे । ‘यो सरकारले भरोसायोग्य गणतन्त्रको पक्षमा पनि नीति तथा कार्यक्रम ल्याउन सकेन लोकतन्त्रप्रति यो सरकारलाई घृणा लागेको हो ?’, सांसद रिजालले भने ।
उनले हाम्रो देशको नीति तथा कार्यक्रममा कुन भाषा राख्ने भन्ने बारेमा भारतको नाम नलिइकन १९४७ स्वतन्त्र भएका देशलाई हेर्नुपर्देन भन्दै नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भन्ने शब्दको आलोचना गरेका थिए । उनले सरकारलाई होस पुर्याउन पनि चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: