लिभरपुललाई सलाहको चोटको चिन्ता « Nagarik Khabar

लिभरपुललाई सलाहको चोटको चिन्ता



लण्डन । लिभरपुलले शनिबार न्युक्यासल युनाइटेडविरुद्व महत्वपुर्ण जित हात पारेको छ । लिभरपुलले सोही खेलमा आफ्ना महत्वपूर्ण स्ट्राइकर मोहमद सलाहलाई पनि चोटका कारण गुमायो ।

लिभरपुलले ३–२ गोलले जितेको खेलमा टोलीलाई दोस्रो पटक अगाडि राख्नका लागि गोल गरेका सलाह खेलको दोस्रो हाफमा चोटग्रस्त बन्न पुगे । बललाई हेडिङ गर्ने प्रयासमा उनी न्युक्यासलका गोलरक्षक मार्टिन दुब्राभ्कासँग ठोक्किन पुगेका थिए । त्यसपछि उनको ठाउको जमिनमा बज्रिन पुगेको थियो ।

त्यस लगत्तै उनलाई स्ट्रेचरमा राखेर मैदानबाट बाहिर निकालिएको थियो । घरेलु इङ्लिस प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिगको उपाधिका लागि महत्वपूर्ण खेल नजिक पुग्दा आफ्ना मुख्य खेलाडी सालह चोटग्रस्त बनेपछि लिभरपुललाई ठूलो झड्का लागेको छ ।

यद्यपि लिभरपुलले सलाह खतरा मुक्त रहेको जनाएको छ । लिभरपुल घरेल इङ्लिस प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिगको उपाधि नजिक तर निक्कै मुस्किल अवस्थामा पुगेको छ । घरेलु लिगमा लिभरपुललाई उपाधि जित्नका लागि बाँकी रहेको आफ्नो अन्तिम खेलमा जित हात पार्नुपर्ने छ । त्यसकासाथै साविक विजेता म्यानचेस्टर सिटीले पनि बाँकी रहेको उसको दुईमध्ये एक खेलमा पराजय बेहोर्न आवश्यक छ ।

साथै युरोपियन च्याम्पियन्स लिगमा पनि बार्सिलोनाविरुद्ध सेमिफाइनल पहिलो लेगको खेलमा ३–० गोलले पराजित भएको लिभरपुललाई फाइनलमा स्थान सुरक्षित गर्न दोस्रो लेगको खेलमा यो नतिजालाई उल्टाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: