राजपा नेता महतोको प्रश्न : नीति तथा कार्यक्रम भाङ् खाएर लेखिएको हो ? « Nagarik Khabar

राजपा नेता महतोको प्रश्न : नीति तथा कार्यक्रम भाङ् खाएर लेखिएको हो ?



काठमाडौं । राजपा नेता राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रम लेख्दा आधा निन्द्रामा, भाङ् खाएर लेखिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथि संशोधन प्रस्तुत गर्दै नेता महतोले आफूहरुले पूर्णरुपमा संविधान स्वीकार नगरेको बताएका छन् । संविधान सर्व स्वीकार्य बनाउनका लागि संशोधन आवश्यक भएकोमा सरकारले नीति तथा कार्यक्रममा संविधानमा विमति नरहेको भन्ने शब्द राखिएकोमा राजपाले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले सरकारलाई समर्थन दिएको बेला रोष्टममा बोलेको कुरा भुलेको भन्दै महतोले भने ‘संविधान प्रति हाम्रो असन्तुष्टि छ । पूर्ण रुपले स्वीकार गरिएको छैन् । नीति तथा कार्यक्रम आधा न्द्रिामा लेखिएको हो ? भाङ् खाएर लेखिएको हो ?’ महतोले नीति तथा कार्यक्रममा राष्ट्रपतिले गरेको ‘मेरो सरकार’ भन्ने सम्बोधनमा पनि असहमति जनाएका छन् ।

राजपा नेपालले नीति तथा कार्यक्रममा संविधान संशोधन गरिने छ भनेर उल्लेख गर्नुपर्ने माग गरेको छ । राजपा नेता महतोले संविधान संशोधन नभएमा अहिलेको संविधान पनि बाई बाई हुने चेतावनी दए । उनले भने ‘संविधानलाई बाइबल, कुरान, गीता र महाभारत बनाएमा संविधान बाइबाई हुन्छ । त्यसैले सरकारलाई अहंकार त्याग्न आग्रह गर्छु । हाम्रो पनि संविधान बनोस भन्ने हाम्रो कुरा हो ।’ 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: