टुङ्गियो बार्सिलोनाको २३ खेलको अपराजित यात्रा « Nagarik Khabar

टुङ्गियो बार्सिलोनाको २३ खेलको अपराजित यात्रा



म्याड्रिड । यो सिजन उपाधि जितिसकेको बार्सिलोना घरेलु स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा सेल्टा भिगोसँग पराजित भएको छ । बार्सिलोनालाई सेल्टाले २–० ले पराजित गरेको हो ।

यससँगै बार्सिलोनाले यो सिजन कायम गरेको २३ खेलको अपराजित यात्रा पनि टुङ्गिएको छ । घरेलु लिगको उपाधि जितिसकेकाले युरोपियन च्याम्पियन्स लिगमा केन्द्रित भएको बार्सिलोनाले शनिबार सेल्टा भिगोविरुद्व आफ्ना यु–२३ टोलीका खेलाडीलाई मैदानमा उतारेको थियो ।

बार्सिलोनाका लियोनल मेसी, लुइस स्वारेज, जेरार्ड पिके, जोर्दी अल्बा, इभान राकिटिच, मार्क–एन्डर टर स्टिजेन र सर्जियो बास्क्वेट लगायत पहिलो रोजाइका खेलाडी शनिबार सेल्टाविरुद्वको टोलीमा थिएनन् । बार्सिलोनालाई पराजित गर्दै सेल्टाले भने आफूलाई रेलिगेसन क्षेत्रबाट केही सुरक्षित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: