अग्नी सापकोटाको मागः शक्तिशाली आयोग बनाइयोस « Nagarik Khabar

अग्नी सापकोटाको मागः शक्तिशाली आयोग बनाइयोस



 

नेकपाका सांसद अग्नीप्रसाद सापकोटाले सकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएको बताउदै भूमाफिया विरुद्ध अझै कडा हुन आग्रह गरेका छन् । पोखरा, खुलामञ्च, जनकपुर, वालुवाटार तारागाँउ लगायका सरकारी सार्वजनिक जग्गामा भूमाफियाले आप्नो कब्जा लिन लागेको डरलाग्दो चित्र आफ्ना अगाडी आएकाले त्यसका विरुद्ध सरकार कडा बन्दै छानवीनका लागि शक्तिशाली आयोग गठनको माग गरे ।
एनसेल प्रकरणका राज्यका सबै सयन्त्र मिलेको र यो सरकारलाई असफल बनाउने सुनियोजित षडन्त्रमा लागेको बताउदै सांसद सापकोटाले त्यसको बारेमा छानवीन गर्दा विज्ञताको अभाव भएको गुनासो समेत गरे । उनले तातोपानी नाका खुल्न लागेको तथा भ्रष्टारविरुद्ध यो सरकारले चालेको कदमलाई समर्थन गरेका थिए । ‘सरकार भ्रष्टचारको विरुद्ध लागेको छ त्यसकारण पनि यसको विरोध हुन थालेको छ, सरकारको यो कदम स्वागयोग्य छ’, सापकोटाले संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: