राष्ट्रपतिलाई सरकारले ‘महारानी’बनाउन खोज्यो: देउवा (भिडियोसहित) « Nagarik Khabar

राष्ट्रपतिलाई सरकारले ‘महारानी’बनाउन खोज्यो: देउवा (भिडियोसहित)



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारले महारानी बनाउन खोजेको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै देउवाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नु बेलायती महारानीको शैली भएको जिकिर गरे ।

सरकारले राष्ट्रपतिलाई पटक-पटक विवादमा तानेको भन्दै उनले बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा तानेको दाबी गरे । उनले लोकतान्त्रिक गणतन्त्रका लागि राष्ट्रपतिको सम्बोधनमा प्रयोग भएको भाषा शुभ सङ्केत नभएको बताए ।

आफ्ना पालामा सुरु भएका कार्यक्रमलाई सरकारले झुटो प्रचार गरेर आफैँले गरेको भनेको भन्दै देउवाले नानो स्याटलाईट परियोजना आफूले सुरु गरेको दाबी गरे । प्रधानमन्त्री रोजगार योजनाले एक वर्षको अवधिमा एक जनालाई पनि रोजगारी दिन नसकेको उनले बताए । राणाकालदेखि चलेका रेल र स्टिमरलाई सरकारले रेल र पानी जहाज भनेर प्रचार गरेको देउवाले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: