प्लेअफ चरणमा पुग्ने चौथो टोलीको टुङ्गो आज « Nagarik Khabar

प्लेअफ चरणमा पुग्ने चौथो टोलीको टुङ्गो आज



म्याड्रिड । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत समूहगत चरणको अन्तिम खेल आज हुदै छ । यससँगै आईपीएलको जारी सिजन प्लेअफ चरणमा पुग्ने चौथो टोलीको टुङ्गो लाग्ने छ ।

प्रतियोगितामा चेन्नाई सुपर किङ्स, दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सले यस अघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन् । त्यसैले अन्तिम चारमा पुग्ने चौथो टोलीको टुङ्गो आज हुने खेलमार्फत लाग्ने छ ।

आईपीएलअन्तर्गत आज किङ्स इलाभने पञ्जावले चेन्नाई सुपर किङ्स र कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दै छ । यो खेलमा जितकासाथ प्लेअफ चरणमा पुग्ने सम्भावना पञ्जाव र कोलकाता दुबै टोलीसँग रहेको छ । यद्यपि दुई अंकले अघि रहेकाले कोलकाताको सम्भावना तुलनात्मक रुपमा बढि रहेको छ ।

मुम्बईसँगको खेल कुनै कारणले बराबरीमै रोकिएको अवस्थामा समेत कोलकाता प्लेअफमा पुग्ने छ । पञ्जावका लागि भने आफूले चन्नाईलाई पराजित गरेर मात्रै पुग्ने छैन । पञ्जावका लागि अर्काे खेलमा मुम्बईले पनि कोलकातालाई पराजित गर्नुपर्ने छ । यो समिकरणमा समेत अंक बराबर हुने भएकाले नेट रन रेटमा पञ्जावले कोलकातालाई पछि पार्नुपर्ने छ ।

आज हुने खेलमार्फत नेपाली खेलाडी सन्दीप लामिछानेको टोली दिल्लीले सिधै क्वालिफायर खेल्ने वा इलिमिनेटरमा प्रतिस्पर्धा गर्ने पनि निश्चित हुने छ । कोलकातासँग मुम्बई पराजित भएको अवस्थामा दिल्लीले अंक तालिकाको शीर्ष दुई भित्र रहदै सिधै पहिलो क्वालिफायर खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: