देशभरको सरकारी सेवा ‘सर्भर डाउन’ भएपछि रोकियो « Nagarik Khabar

देशभरको सरकारी सेवा ‘सर्भर डाउन’ भएपछि रोकियो



काठमाडौँ । सरकारी सर्भर डाउन भएपछि आइतबार सरकारी सेवा रोकिएको छ । देशभरका वेबसाइट मार्फत वा डाटा इन्ट्री गरेर दिनुपर्ने सेवा रोकिएको हो । सरकारी सिस्टम डाउन भएपछि लाइसेन्सको नवीकरण, डाटा इन्ट्री रोकिएको छ भने अध्यावधिक विवरण राख्न समेत नसकिएको कर्मचारीले बताएका छन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले अबको एक दुई घण्टामा सिस्टम सुरु हुने जनाएको छ । ….gov.np अन्तरगतका सबै साइटमा समस्या देखिएको छ । केन्द्रकै साइट (nitc.gov.np) समेत खुलेको छैन । आम नागरिकले हैरानी भोग्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: