गोरुको मासुसहित चार जना पक्राउ « Nagarik Khabar

गोरुको मासुसहित चार जना पक्राउ



काठमाडौं । प्रहरीले गोरु काटेर मासु बेच्न हिडिरहेको अवस्था चार जनालाई मासुसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले तीन चुलीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका ६ बौद्ध तीनचुली नागमन्दिरबाट तीनचुली बस्ने मकवानपुर हात्तीसुड गाउँपालिका १० घर भएका २८ वर्षीय मिलन स्याङ्ताङसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । गोरु काटेर मासुसहित हिँडिरहेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृद्ध बौद्धको टोलीले आइतबार बिहान पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई बौद्ध बृत्तमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: