लागुऔषधसहित तीन जना पक्राउ « Nagarik Khabar

लागुऔषधसहित तीन जना पक्राउ



बर्दिया । मधुवन नगरपालिका–५ मा रहेको श्रीकृष्ण सामुदायिक वन नजिकबाट १२ ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का दिनेशकुमार बोहोरा, पुष्कर शाही र सुशील भारती रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराले पक्राउ परेकाको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरेको बताए । पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको निमित्त प्रमुख महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: