पार्टी महाधिवेशन तत्काल गर्न कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा देउवालाई दवाव « Nagarik Khabar

पार्टी महाधिवेशन तत्काल गर्न कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा देउवालाई दवाव



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्न सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् ।

वरिष्ठ नेता पौडेलले कांग्रेसको सुनौलो भविष्यका लागि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरे । आइतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित पार्टीका नेता एवं पूर्वमन्त्री स्व. रामकृष्ण ताम्राकारको स्मृतिमा आयोजित कार्यक्रममा उनले लोकतन्त्र र मुलुकका रक्षाका लागि पनि कांग्रेसको पार्टी जीवनमा नयाँ जागरण अभियान सञ्चालन गर्नुको विकल्प नरहेको दाबी गरे ।

उनले पार्टीलाई आन्तरिक रुपमा सवल बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई सफल बनाउनुपर्नेमा जोड दिए । वरिष्ठ नेता पौडेलले सरकारले लोकतन्त्रको मर्ममाथि प्रहार गरिरहेको जिकिर गरे ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले संघीयता कार्यान्वयन हुने गरी नीति तथा कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । उनले संक्रमणकालका बाँकी कामलाई समेत सरकारले नीति तथा कार्यक्रममा समेट्न नसकेको दावी समेत गरे ।

उपसभापति निधिले सरकारको नीति तथा कार्यक्रममा मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजाने ठोस कार्यक्रम नरहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: