हेटौडा । प्रदेश नम्बर ३ का प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानको धारा २०१ को उपधारा २ को बमोजिम प्रदेशसभाबाट पारित भई आएका दुई विधेयकलाई आइतबार प्रमाणीकरण गरेकी छन् ।
प्रमाणीकरण भएका विधेयकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशसभामा सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७६ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।