प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ १ गतेबाट « Nagarik Khabar

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ १ गतेबाट



काठमाडौं । प्रधानमन्त्री (पीएम) कप क्रिकेट प्रतियोगिता जेठ १ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालय इन्टरनेशनल प्रा.ली.सँगको सहकार्यमा आयोजना गर्न लागेको प्रतियोगिता जेठको १ देखी २४ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागीता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा प्रतियोगिताको सञ्चालन गरिने छ ।

प्रतियोगिताको सम्पूर्ण खेल किर्तिपुर स्थित त्रीबि क्रिकेट मैदानमा हुने छ । दुबै समूहका शीर्ष दुई÷दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । २३ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले २० लाख प्राप्त गर्ने छ । यस्तै उपविजेता टोलीले १० लाख प्राप्त गर्ने छ । राखेप र नेपालय इन्टरनेशनलले प्रतियोगिताको एक उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने जनाएको छ । यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र बलर घोषित हुने खेलाडीले पनि जनही ५०÷५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: