अहिलेको परिस्थितिमा साम्यवाद सम्भव छैन: डा. बाबुराम भट्टराई (भिडियोसहित) « Nagarik Khabar

अहिलेको परिस्थितिमा साम्यवाद सम्भव छैन: डा. बाबुराम भट्टराई (भिडियोसहित)



काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर सङ्घीय समाजवादी फोरम, नेपालसँग पार्टी एकता गर्न लागिएको प्रस्ट पारेका छन् । भोलि (सोमबार) दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर अघि बढने सहमतिका लागि गरिएको उनले बताए ।

भट्टराईले अहिलेको परिस्थितिमा साम्यवाद सम्भव नभएको तर्क गर्दै त्यसको बलियो विकल्पका लागि आफूहरूले समाजवाद स्थापनाको नेतृत्वका लागि पहल गर्न दुई पार्टीबीच एकता गर्न लागिएको बताए । भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम, नेपालबीच सोमवार एकीकरण भई बन्ने पार्टीको नाम ‘समाजवादी पार्टी, नेपाल’ राख्ने सहमति भएको छ ।
काठमाडौँमा भएको एक कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै संयोजक भट्टराईले कम्युनिस्ट पार्टीहरूको सङ्गठन सञ्चालन प्रणाली पनि त्रुटिपूर्ण रहेको उल्लेख गरे । त्यसलाई सुधार गर्नका लागि उनले प्रमुख सत्तारुढ नेकपालाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: