अफगानिस्तानको प्रहरी मुख्यालयमा बिद्रोहीको आक्रमण « Nagarik Khabar

अफगानिस्तानको प्रहरी मुख्यालयमा बिद्रोहीको आक्रमण



एजेन्सी । अफगानिस्तानको प्रहरी मुख्यालयमा बिद्रोहीले आक्रमण गरेका छन् । हतियारधारी लडाकूहरुले अफगानिस्तानको प्रहरी मुख्यालयमा आक्रमण गरेका अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

तालिबान लडाकूहरुले अफगानिस्तानको उत्तरी बाघ्लान प्रदेशमा पर्ने पुल ए खुम्री शहरमा रहेको प्रहरी मुख्यालयमा आइतबार आक्रमण गरेका हुन् । प्रहरी अधिकारीहरुले अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जनाएका टोलो समाचार समितिले उल्लेख गरेको छ ।

उनीहरुले आक्रमणको भने पुष्टि गरेका छन् । आक्रमणकारीहरुले प्रहरी मुख्यालय नजिकै कारबम विस्फोटन गराएको प्रहरी अधिकारीहरुको भनाई छ । विस्फोटनसँगै अन्य बन्दुकधारीहरुले पनि गोली प्रहार गरेका थिए । गोली हानाहान जारी रहेकाले थप विवरण आउन बाँकी नै रहेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: