दुई दिनभित्र पार्टी एकीकरणको काम पूरा हुन्छ : अध्यक्ष प्रचण्ड « Nagarik Khabar

दुई दिनभित्र पार्टी एकीकरणको काम पूरा हुन्छ : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनभित्र पार्टी एकीकरणका बाँकी कामलाई पूर्णता दिने बताएका छन् ।

उनले जिल्ला कमिटीहरुको एकीकरणको काम सकिएको स्मरण गराउँदै जनसंगठनहरुको एकीकरण र नेताहरुको जिम्मेवारी बाँडफाँडको काम पनि दुई दिनभित्र सम्पन्न गर्ने दाबी गरेका हुन् । त्यसका लागि सोमबार पार्टी केन्द्रीय सचिवालय बैठक बोलाइएको प्रचण्डले जानकारी दिए। 

आइतबार काठमाडौंमा आयोजित ‘कार्ल माक्र्स ः २०१ जन्म स्मृति’ विषयक विचार गोष्ठीमा उनले पार्टी एकीकरणको बाँकी काम पूरा हुनेबित्तिकै करिव आठ महिनामा पार्टीका जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने योजना सुनाए । पार्टीका जिल्ला अधिवेशनहरुमा पार्टी निर्माणका लागि ‘ग्रेट डिबेट’ सञ्चालन गर्ने अध्यक्ष प्रचण्डको भनाइ छ । उनले ‘ग्रेट डिबेट’मा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष दाहालले पार्टी समाजवादी कित्तामा उभिएकाले त्यसैलाई वैचारिक आधार मानेर पार्टी निर्माणको बहसलाई व्यापक बनाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: