स्मिता दाहालको ‘मलाई आमाले दिएको’मा प्रियंका (भिडियो) « Nagarik Khabar

स्मिता दाहालको ‘मलाई आमाले दिएको’मा प्रियंका (भिडियो)



काठमाडौं । गायिका स्मिता दाहालको मलाई आमाले दिएको चौबन्दीमा अभिनेत्री प्रियंका कार्कीले भव्य अभिनय गरेकी छन् ।

गायिका स्मिता दाहालको स्वर रहेको भिडियो सार्वजनिक भएको छ । गायिका स्मिता पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी हुन् ।

सार्वजनिक गीतमा दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ भने गीतको संगीत संयोजन संजिब बराइलीले गरेका छन् । फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेस्ट हाउस लगायतका स्थानमा म्यूजिक भिडियोको छायांकन गरिएको हो ।

भिडियोलाई अहिलेका चर्चित नृत्य निर्देशक कविराज गहतराजले निर्देशन गरेका छन् । म्यूजिक भिडियोको छायांकन सुदिप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: