आईपीएल – शीर्ष दुईमा परेन सन्दीपको टोली दिल्ली « Nagarik Khabar

आईपीएल – शीर्ष दुईमा परेन सन्दीपको टोली दिल्ली



मुम्बई । नेपाली खेलाडी सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्स जारी इन्डियन प्रिमियर लिग आईपीएलको शीर्ष दुईमा पर्न असफल भएको छ । आइतबार भएको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ९ विकेटको भारी अन्तरले पराजित गर्दा शीर्ष दुई भित्र रहदै पहिलो क्वालिफायर खेल्ने दिल्लीको योजना असफल भएको हो ।

मुम्बई कोलकाताविरुद्वको जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नाई सुपर किङ्स दोस्रो तथा दिल्ली तेस्रो स्थानमा झरेको छ । यी तीनै टोलीको समान १८/१८ अंक भएपनि नेट रनरेटमा मुम्बई पहिलो, चेन्नाई दोस्रो र दिल्ली तेस्रो स्थानमा पुगेको हो ।

यससँगै फाइनल प्रवेश गर्नका लागि दिल्लीलाई अव इलिमिनेटरमा सन राईजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । त्यसपछि चेन्नाई र मुम्बईबीचको पहिलो क्वालिफायरमा पराजित भएको टोलीसँग दोस्रो क्वालिपफायर खेलमा प्रतिस्पर्धा गरेपछि मात्रै फाइनलमा पुग्ने बाटो खुल्ने छ ।

आईपीएलको पहिलो क्वालिफायर मंगलबार चेन्नाईमा हुने छ । यस्तै इलिमिनेटर बुधबार भिशाखापट्नममा हुने छ । दोस्रो क्वालिफायर शुक्रबार भिशाखापट्नमै हुने छ भने फाइनल खेल आइतबार हैदराबादमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: