अमिताभ बच्चन बिरामी « Nagarik Khabar

अमिताभ बच्चन बिरामी



एजेन्सी । बलिउड सुपर स्टार अमिताभ बच्चन बिरामी परेका छन् । संसारभरका चर्चित अभिनेता मध्यका एक बच्चन ७६ वर्षका पुगेका छन् । खराब स्वास्थ्यका कारण हरेक आईतबार बेलुकी आफ्नो घर मुम्बईको जुहू स्थित जलसा गेटमा आफ्ना प्रशंसकलाई भेट्न नसकेको उनले ट्वीट गरेका छन् । ३६ वर्षदेखि उनले जलसामा आफ्ना समर्थकलाई भेट्ने गरेका थिए ।
स्वास्थ्य अवस्था जानकारी दिदैं उनले लेखेका छन् ‘आईतवारको दर्शन गर्न सकिन् । सबैलाई जानकारी गराउँछु की मेरो स्वास्थ्य अवस्था खराब छ । तर चिन्ताजनक भने छैन् । मात्र घर बाहिर आउन सकिन ।’ सामाजिक सञ्जालमा उनको स्वास्थ्य सुधारको प्राथना सहित पोष्ट गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: