मठाधीशले नै बेचिदिए गुठीको जग्गा « Nagarik Khabar

मठाधीशले नै बेचिदिए गुठीको जग्गा



काठमाडौं । रुपन्देहीको भैरहवामा एक मठाधीशले गुठीको जग्गा तीन करोडमा व्यक्तिलाई बेचेको पाइएको समाचार आजको राजधानीले पहिलो पृष्ठमा छापेको छ ।

गुठी संस्थानले उक्त जग्गा गुठीअन्तर्गतको रहेको जनाएको छ ।

मटिहानी गुठीका मठाधीश जगन्नाथदास वैष्णवले गुठीको नाममा रहेको झन्डै तीन करोड मूल्य बरारबरको ३ कठ्ठा पाँच धुर जग्गा दुई व्यक्तिलाई क्रिी गरिदिएका हुन् ।

समाचारमा लेखिएको छ, वैष्णवले उदयमान पाण्डे र सरोज पाण्डे नाम गरेका व्यक्तिलाई बिक्री गरेको लालपुर्जाको प्रतिलिपि राजधानीलाई प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: