काठमाडौं । सरकारले ललिता निवास लगायत व्यक्तिले हडपेका सरकारी जग्गा फर्काउने प्रकृया थालेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैर कानुनीढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउने प्रस्ताव मन्त्रीपरिषदमा लैजाने तयारी गरेको हो ।
अब बस्ने मन्त्रीपरिषदको बैठकमा अतिक्रमित सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउने गरी प्रस्ताव तयार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार व्यक्तिले हडपेका अतिक्रमित जग्गालाई सरकारी स्वामित्वमा ल्याउने प्रस्ताव भूमिसुधार मन्त्री पद्मा अर्यालको टेवुलमा छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ ।