काठमाडौं । आज प्रकाशित कान्तिपुर दैनिकको दोस्रो पृष्ठमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले फोरमसँग एकीकरण गर्नुका कारणबारे कुलचन्द्र न्यौपानेको टिप्पणी छापिएको छ ।
टिप्पणीमा लेखिएको सानो अंश यस्तो छः
राजनीतिमा आफ्नो प्रभाव कायम राख्न उनले (भट्टराईले) ठूलो पार्टीमा आफ्नो पार्टी मर्जर गर्नुपर्ने बाध्यता नै बनिसकेको थियो ।
कांग्रेस र नेकपाभित्र आफ्नो प्रभाव सुरक्षित देखेनन् । त्यसैले उनी मधेसकेन्द्रित दलसँगै अन्य साना दललाई एकत्रित गरेर वैकल्पिक शक्ति बनाउने दोस्रो कोशिसमा छन् ।
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच सोमबार हुने एकतासँगै मधेसकेन्द्रित अर्को राजनीतिक शक्ति राष्ट्रिय जनता पार्टी (राजपा) सँग पनि एकता प्रयास जारी छ।