घर नम्बर टाँसेको एक हजार, स्थानीयको चर्को विरोध « Nagarik Khabar

घर नम्बर टाँसेको एक हजार, स्थानीयको चर्को विरोध



दोलखा । उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकाले घर नम्बर कायम गरी नम्बर प्लेट टाँसेबापत १ हजार लिएको भन्दै स्थानीयले विरोध गरेका छन् । जिल्लाकै विभिन्न स्थानीय तहले निशुल्क टाँस गरेको घर नम्बरमा गौरीशंकर गाउँपालिकाले शुल्क असुल गरेको भन्दै स्थानीयले विरोध गरेका हुन् । घरमा नम्बर टाँस गरेवापत १ हजार रुपैयाँ शुल्क निक्कै महंगो भएको भन्दै गौरीशंकर गाउँपालिकाका स्थानीयले विरोध गरेका हुन् ।

आफ्नो घरमा पनि नम्बर टाँसिएको छ तर छिमेकी गाउँपालिकामा कतै पनि यति चर्को शुल्क लिएको नपाइएकोले आफूले तत्काल उक्त रकम नतिरेको गौरीशंकर गाउँपालिका५, सुरीका टिका भुजेलले बताए । आर्थिक अवस्था ठीक भएकालाई त १ हजार केही हैन तर सामान्य हातमुख जोर्न पनि समस्या भएकालाई त यो निक्कै महंगो भयो भूजेलले भने, ’केन्द्रबाट आएको बजेट सदुपयोग गर्न नसकेर बेरुजु तथा फिर्ता पठाउँछन् जनतालाई किन चर्को शुल्क लिएको बुझ्न सकिएन।’ यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकासित भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: